Saturday, April 16, 2016

जाट–नेपालले पर्यटन पत्रकार गाउँ घोषणा गर्ने

काठमाडौ, ४ वैशाख । पर्यटन पत्रकार सङ्घ (जाट–नेपाल)ले पर्यटन पत्रकार गाउँ घोषणा गर्ने भएको छ ।

जाट–नेपालको आज काठमाडौँमा बसेको भेलाले प्रत्येक वर्ष देशका कुनै एक गाउँलाई पर्यटन पत्रकार गाउँका रुपमा घोषणा गर्ने र उक्त गाउँको पर्यटकीय प्रवद्र्धन तथा ठाउँको महत्वलाई उजागर गराउने घोषणा गरेको हो ।

भेलाले विभिन्न नौ पारित गर्दै नेपाल सरकार पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्डले अगाडि बढाएको घुमफिर वर्ष–२०७३ लाई अझै भव्यताका साथ सम्पन्न गराउने भएको छ ।

यस्तै देशका गन्तव्यहरुको प्रवद्र्धन गर्ने उद्देश्यसहित अगाडि बढाएको ‘पत्रकारदेखि पत्रकार सम्मको सम्मेलन’ अर्थात् ‘जे’ टु ‘जे’ सम्मेलनलाई नेपाल सरकारसँगको सहकार्यमा तार्किक निष्कर्षमा पु¥याउने भएको छ ।

सङ्घले ‘सात प्रदेशमा सात सञ्जाल विस्तार’ योजनाअन्तर्गत पहिलो चरणमा देशका विभिन्न पर्यटकीय गन्तव्य क्षेत्रअनुरुप शाखा विस्तार तीव्र पारिने जनाएको छ भने वर्षभरि सञ्चालन गर्ने कार्यक्रमका लागि वार्षिक क्यालेन्डर तयार पार्ने र सोहीअनुरुप कार्य अगाडि बढाउने निर्णय गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts