चितवन, २१ चैत । भरतपुर उपमहानगरपालिकाको आँपटारीमा आज बसको ठक्करबाट गर्भिणी मृगको मृत्यु भएको छ ।
वडा प्रहरी कार्यालय नारायणगढका अनुसार नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ना४ख ४९७१ नं को बसले आँपटारी चोकमा ठक्कर दिँदा मृग घटनास्थलमै मरेको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला वन कार्यालयलाई बुझाएको छ ।
सहायक वन अधिकृत भरतप्रसाद पनुवारका अनुसार गर्भिणी मृगको उमेर करिब पाँच वर्षको रहेको छ । चालकलाई राष्ट्रिय निकुञ्ज ऐनअन्तर्गत कारबाही गरिने उहाँले बताउनुभयो । यसअघि जिल्लाको टिकौलीमा बसको ठक्करबाट जरायो र चित्तल मरेका थिए ।
जिल्लाको टिकौली, आपटाँरी, रामनगर क्षेत्रको राजमार्गमा वन्यजन्तु आवतजावत गर्ने हुँदा यस्ता घटना निरन्तर हँुदै आएका छन् । रासस
No comments:
Post a Comment