Friday, April 15, 2016

सरकारको विकल्प छैन–उपप्रधानमन्त्री थापा

काठमाडौँ, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापाले वर्तमान सरकारको अहिले विकल्प नरहेको बताउनुभएको छ ।

पार्टीको निकट राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनले नयाँ वर्षको सन्दर्भ पारेर आज केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले देश तथा जनताको सेवालाई प्राथमिकताको केन्द्रमा राखेर कार्य गरेको बताउँदै जनताको पक्षमा धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नु भयो ।

उपप्रधानमन्त्री थापाले सरकारले महँगी, भ्रष्टाचार तथा कालोबजारी नियन्त्रणका लागि प्रभावकारी ढङ्गले कार्य थालेको र गलत कार्य गर्ने जो कसैलाई पनि कानुनी कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले संविधान कार्यान्वयनका लागि विभिन्न दलसँग सहकार्य भइरहेको बताउँदै विभिन्न मधेसी मोर्चालगायतका दललाई समस्याको समाधान वार्ताबाट खोज्न आग्रह गर्नुभयो ।

सङ्गठनका अध्यक्ष कैलाश कटुवालले भूकम्पले भत्काएको मुलुकको संरचना पुनःनिर्माण कार्य चाँडो गर्नुपर्ने धारणा राख्नु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts