Monday, April 4, 2016

बार निर्वाचनको मतगणना सुरु

काठमाडौँ, २३ चैत । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको मतगणना आज बिहानदेखि सुरु भएको छ ।

बार निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले सर्वोच्च अदालतको परिसरमा मतगणना सुरु भएको जानकारी दिनुभयो । छिटो गणना गर्नका लागि आठ मतगणना केन्द्रको स्थापना गरिएको छ ।

शनिबार देशभरका ३३ मतदान केन्द्रमा निर्वाचन सम्पन्न भएको थियो । पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । कुल नौ हजार ५२२ मध्ये सात हजार ८६२ ले मत खसेको थियो । नयाँ नेतृत्वका लागि विशेषगरी लोकतान्त्रिक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएको छ ।

प्रगतिशील समूहको नेतृत्व विजयकान्त मैनालीले तथा लोकतान्त्रिक समूहको नेतृत्व शेरबहादुर केसीले गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts