Thursday, April 28, 2016

स्कूल बसको ठक्करबाट बालिकाको मृत्यु

भक्तपुर, १६ वैशाख । नर्थ इष्ट इङ्लिस स्कूल भक्तपुरको बसले १८ महिनाको बालिकालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

खलासीसमेत नभएको बा५ख ५१०१ नंको बसले चाँगुनारायण नगरपालिका झौखेलस्थित हनुमान इँटाभट्टा अगाडि बालिका कृतिका कुसाथालाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

बसको ठक्करले घाइते बालिकाको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिनुभयो । ठक्कर दिने बस र बसका चालक चाँगुनारायण नपा–१७ बस्ने ५८ वर्षीय केदार सुलुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts