Saturday, April 23, 2016

सिँचाइ कुलो निर्माण

डोल्पा, ११ वैशाख । त्रिपुराकोट गाविसस्थित धुमा ज्युलोमा सिँचाइ सुविधा विस्तार गर्न ग्रामिण पुनर्निर्माण नेपालले रु २२ लाख सहयोग गरेको छ ।

सिँचाइको असुविधाको अवस्थालाई ध्यानमा राखेर प्राथामिकताका आधारमा त्रिपुराकोटलाई सहयोग गरिएको संस्थाकी सामाजिक परिचालक समीक्षा श्रेष्ठले बताउनुभयो । सिँचाइ कुलो निर्माणका लागि उपभोक्ता समिति र कार्यालयबीच सम्झौता भई काम सुरु भएको श्रेष्ठले बताउनुभयो ।

कुलो निर्माण भएपछि सिँचाइको अभावमा अन्नबाली सुक्नुकासाथै समयमै बालीनाली लगाउन नपाइने अवस्थाको अन्त्य हुने स्थानीय किसान माधवसिंह कठायतले बताउनुभयो । सिँचाइ कुलो निर्माण हुने भएपछि स्थानीयमा खुसीयाली छाएको छ । कुलो निर्माणपछि त्रिपुराकोटका १५० घरधुरी किसान लाभान्वित हुनेछन् ।

यसैबीच, त्रिपुराकोट गाविस वडा नं १ र २ का महिला तिहारमा देउसी भैलो खेलेर उठाएको पैसाले सार्वजानिक शौचालय निर्माणमा लागेका छन्

सार्वजानिक स्थानमा जथाभावी दिसा पिसाब गरेर वातावरण फोहोर गर्ने गरेकाले यसको नियन्त्रणका लागि शौचालय निर्माण गर्न लागिएको स्थानीय भगवती पहाडीले बताउनुभयो । देउसी खेलेर उठाएको रु २५ हजारले शौचालय निर्माण गरिने उहाँले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts