Tuesday, April 19, 2016

दङम वट उजर दरत

दाङ, ८ वैशाख । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले स्थानीय शान्ति समितिमार्फत द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका घटनाका बारेमा सत्यतथ्य छानबिन गर्नका लागि माग गर्दै आएको पीडितको उजुरी सङ्कलन कार्यमा हालसम्म दाङमा १६ वटा उजुरी दर्ता भएका छन् ।

स्थानीय शान्ति समिति दाङका कार्यालय सचिव हेमराज अधिकारीका अनुसार मङ्गलबार सम्ममा १६ वटा उजुरी दर्ता भएका छन् । यही वैशाख २ गतेदेखि सुरु गरिएको उजुरी सङ्कलन अभियान आगामी असार २ गते सम्म जारी रहनेछ ।

बलात्कार, अपहरण, हत्या, घरध्वस्त, विस्थापित, घाइते, अङ्गभङ्ग, लुटपाट, यातना लगायतका घटनामा पीडितले उजुरी दिन सक्नेछन् । स्थानीय शान्ति समिति दाङमा चार हजार २३९ जना द्वन्द्वपीडितको लगत रहेको छ । सशस्त्र द्वन्द्वको उद्गमस्थल रोल्पामा भने मङ्गलबारसम्म एउटा पनि उजुरी दर्ता नभएको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts