Sunday, April 3, 2016

शिक्षालाई श्रम र उत्पादनसँग जोडनुपर्नेमा जोड

काठमाडौँ, २१ चैत । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ कार्यसमितिको बैठक यही चैत २४ गते काठमाडौँमा बस्ने भएको छ ।

युनियनले पुरानो कार्यसमितिलाई बिदाई तथा २२ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई स्वागत गर्न आज आयोजित कार्यक्रममा युनियनका अध्यक्ष नवीना लामाले अबको विद्यार्थी आन्दोलन समग्र मुलुकको शैक्षिक गतिविधि सुदृढीकरणका लागि तथा व्यावसायिक र गुणस्तरीय शिक्षा स्थापनाका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

युनियनका उपाध्यक्ष महेश बर्तौलाले प्राविधिक शिक्षाले रोजगारी सिर्जना गर्नसक्ने भएकाले त्यस किसिमको शिक्षालाई श्रम र उत्पादनसँग जोड्न सकेमा मात्र देश विकास भई जनताको समुन्नति कायम हुने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थराज खनिया, नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट, नेता रवीन्द्र अधिकारी, सांसद रञ्जीत कर्ण, युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलु पन्त, प्रवक्ता प्रभातविक्रम कटुवाललगायतको सहभागिता थियो ।

यसैबीच युनियनले पार्टीका नेता रामनाथ ढकालको सम्झनामा सोमबार स्मृतिसभा गर्न लागेको सचिव आरसी लामिछानेले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts