Tuesday, April 19, 2016

पकअप भयनक ठककरबट मतय

मोरङ, ८ वैशाख । मोरङको हसन्दह–४ स्थित भित्री सडकखण्डमा गएराति पिकअप भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

राति ९ः३० बजे हसन्दह–४ स्थित पथरी–हसन्दह भित्री सडकखण्डमा को १ च ८९०८ नंको पिकअप भ्यानले को ३ प ४९७५ नंको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार हसन्दह–४ कै ३५ वर्षीय यमप्रसाद दर्जीको मृत्यु भएको हो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएका दर्जीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति ११ बजे उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका १८ वर्षीय प्रभु चौधरी घाइते भएका छन् । उनको स्थानीय पथरी हस्पिटलमा उपचार भइरहेको छ । ठक्कर दिने भ्यान र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts