कञ्चनपुर, १ वैशाख । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ सिसैयाका दलबहादुर चुनाराको कुखुरा फार्ममा आज आगलागी हुँदा रु छ लाखभन्दा बढीको क्षति भएको छ ।
आगलागी हुँदा एक हजार कुखुरा जलेर मरेपछि क्षति भएको हो । खरको छानो भएको फार्ममा सञ्चालकले सलाई कोर्दा आगलागी भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
“तीस दिनका कुखुरा मर्दा रु छ लाख २० हजारभन्दा बढीको क्षति व्यहोर्नु परेको छ”– फार्मका सञ्चालक चुनाराले भन्नुभयो । आगलागी स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको थियो । रासस
No comments:
Post a Comment