काठमाडौँ, १ वैशाख । नेपाली काँग्रेसका नेता एवम् सांसद गगन थापाले आफैँैले थालनी गरेको पुनःनिर्माण अभियानअन्तर्गत दोस्रो चरणको निर्माण कार्य आज सुरु गर्नुभएको छ ।
नयाँ वर्षको अवसर पारेर उहाँले काठमाडौँ निर्वाचन क्षेत्र नं ४ मा पर्ने बूढानीलकण्ठ नगरपालिका–३ स्थित भङ्गालमा रहेको गणेश उच्च माध्यामिक विद्यालयको भवन शिलान्यास गर्नुभएको हो ।
आफूले समेत अध्ययन गरेको विद्यालय भएकाले पनि सो विद्यालयबाट पुनःनिर्माणको अभियान सुरु गरेको नेता थापाले बताउनुभयो । उहाँले २०४१ सालमा सोही विद्यालयबाट एसएलसी पास गर्नुभएको थियो । सो भवनलाई विद्यालय भवनका रुपमा मात्रै नभई सामुदायिक भवनका रुपमा समेत प्रयोग गरिने भएको छ ।
विसं २०१८ मा गणेश प्राथमिक विद्यालयका रुपमा स्थापना भएको सो विद्यालयले विसं २०३७ मा माध्यमिक विद्यालयको स्वीकृति पाएको र ०३८ सालमा माध्यमिक तहको पठनपाठन आरम्भ गरेको थियो भने विसं २०४० मा पहिलो पटक प्रवेशिका परीक्षामा सहभागी गराएको थियो । रासस
No comments:
Post a Comment