Saturday, April 2, 2016

रुखबाट खसेर एक विद्यार्थीको मृत्युु

प्यूठान, २० चैत । तिराम–६ प्यूठान घर भई हाल महेन्द्र नमुना उच्च मावि खलङ्गामा कक्षा १२ मा अध्ययन गर्ने एक विद्यार्थीको आज रुखबाट खसेर मृत्यु भएको छ ।

प्यूठान नगरपालिका–५ पाण्डेडाँडामा पछिल्लो पाँच वर्षदेखि बस्दै आएका २४ वर्षीय फनबहादुर पुनको घाँस काट्ने क्रममा रुखबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, प्यूठानले जनाएको छ ।

पाण्डेडाँडाका तालबहादुर बस्नेतको घरमा बस्दै आएका पुन घर नजिकै रहेको खन्यूको घाँस काट्न रुखमा चढेका थिए । पुनले उच्च माविअन्तर्गत कक्षा १२ को परीक्षाको तयारीसमेत सुरु गरेको उहाँको बुबा मानबहादुर पुनले जानकारी दिनुभयो । पुनको मृत्युका कारण उनको परिवार अहिले शोकमा परेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts