Tuesday, April 5, 2016

राखेपलाई कर्मचारी सङ्घको तीनबुँदे माग

काठमाडौँ, २३ चैत । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी सङ्घले तीन सूत्रीय माग राख्दै राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई ज्ञापनपत्र बुझाएको छ ।

सङ्घका अध्यक्ष रञ्जन थापाको नेतृत्वको कर्मचारी टोलीले आज सदस्यसचिव विष्टलाई उहाँको कार्यकक्षमा गएर मागपत्र बुझाएको हो । कर्मचारीलेले राखेपमा २०६३ सालपछि कर्मचारीको बढुवा नभएकाले कर्मचारी निराश भएर कार्यकुशलता प्रस्तुत गर्न नसकेको बताएका छन् ।

उनीहरुले कर्मचारीको वृत्ति–विकास गर्दै यथाशीघ्र बढुवाको कामलाई कार्यान्वयन गर्न परिषद्लाई आग्रह गरेका छन् । कर्मचारीको उचित पदस्थापन नभएका कारण कार्यशैलीमा समेत वैधानिक बाधा–अड्चन आउने गरेको बताउँदै समाधानको माग गरेका छन् ।

त्यस्तै, कर्मचारी अवकास हुँदै गएका कारण रिक्त रहेको पदमा पदपूर्ति नहुँदा भविष्यमा परिषद् खाली हुन सक्नेतर्फ सङ्केत गर्दै उनीहरुले लामो समयदेखि करारमा काम गर्दै आएका कर्मचारीलाई समेत समायोजन गरी पदपूर्ति गर्नुपर्ने माग राखेका छन् ।

ज्ञापनपत्र ग्रहण गर्दै सदस्यसचिव विष्टले कर्मचारीले उठाएका मागका बुँदा समेटेर परिषद्ले यसअघि नै सुधारका कार्य थालनी गरिसकेको बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts