Tuesday, April 5, 2016

ट्याक्टरको ठक्करबाट गम्भीर घाइते न्यौपानेको मृत्यु

जुम्ला, २३ चैत । गएराति ८ बजे ट्याक्टरकोे ठक्करबाट सख्त घाइते भएका चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाका ४२ वर्षीय खगेन्द्रराज न्यौपानेको आज मृत्यु भएको छ ।

व्यवस्थापक न्यौपानेको ग्रान्डी इन्टरनेसनल हस्पिटल काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको मृतकका आफन्त दीपक खत्रीले बताउनुभयो ।

बा७२प ५०३० नम्बरको मोटरसाकइल लिएर व्यवस्थापक न्यौपाने कुडारीबाट चैत २२ गते राति जुम्ला सदरमुकाम आउँदै गर्दा सदरमुकाम जुम्ला खलङ्गाबाट गएको ना.५.त. १३८४ नंको ट्याक्टरले तातोपानी–६ जर्मीगाउँनजिक ठक्कर दिँदा सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts