चितवन, २२ चैत । गृहमन्त्री शक्तिबहादुर बस्नेतले कुनै पनि बहानामा कसैलाई पनि सडक बन्द गर्न नदिन स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।
चितवन जिल्लाका कार्यालय प्रमुखलाई आज यहाँ निर्देशन दिँदै उहाँले अब सडक पाँच मिनेट पनि बन्द गर्न पाइँदैन सोहीअनुसार स्थानीय प्रशासनले काम गर्नुपर्छ भन्नुभयो ।
सडक बन्द हुँदा हुने नोक्सानी निकै ठूलो भएको र त्यस्तो नोक्सान पु¥याउने अधिकार कसैसँग नरहेको उहाँको भनाइ थियो ।
मन्त्री बस्नेतले सबै राजनीतिक मुद्दासमेत वार्ता र छलफलमार्फत समाधान हुने हुँदा अब सडक अवरुद्ध गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो ।
जिल्लाको शान्ति सुरक्षा र अमनचैनमा कति पनि विचलित नभई काम गर्न निर्देशन दिँदै उहाँले देशमा संविधान बनिसकेकाले संविधान कार्यान्वयनका लागि सहयोग पु¥याउन आग्रह गर्नुभयो ।
संविधान जारी भएपछि आउने पहिलो बजेटलाई सदुपयोग गरेर संविधान कार्यान्वयनमा सहयोग पु¥याउन पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यालय जनमुखी र उत्तरदायी हुनुपर्ने भन्दै उहाँले कर्मचारीकै कारण अब जनताले दुःख पाउन नहुने बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयबाट गरिएको अनुगमनका क्रममा भेटिएका कमी कमजोरीलाई तत्काल सच्याइनुपर्ने बताउनुभयो ।
विचौलियाको प्रभावमा नपरी जनताको कामलाई उच्च प्रथामिकतामा राख्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभयो । रासस
No comments:
Post a Comment