Sunday, April 3, 2016

पानीमा डुबेर बालकको मृत्यु

उर्लाबारी (मोरङ), २१ चैत । मोरङको कोशीहरैचा नगरपालिकामा आज दिउँसो एक दुई वर्षीय बालकको पानीमा डुबेर मृत्यु भएको छ ।

कोसीहरैचा नपा–२ स्थित बङ्गाली टोलमा छिमेकी नेपाल मण्डलको धाराको पानी निकास भएर जमेको खाल्डोमा डुबेर सोही ठाउँका दिलीप केविरथका दुई वर्षीय छोरा मानव केविरथको डुबेर मृत्यु भएको हो ।

पानीमा डुबेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts