Sunday, April 3, 2016

एकता प्रक्रियालाई निष्कर्षमा पु-याउन माग

काठमाडौँ, २१ चैत । राप्रपा नेपाल समानान्तर केन्द्रीय कार्यसमितिले राप्रपासँग एकता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पु¥याउन नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको छ ।

पार्टीसँग आबद्ध भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठन नेपाल, राष्ट्रिय युवा मोर्चा, लोकतान्त्रिक समावेशी ट्रेड युनियन स्वतन्त्र तथा राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालको आज बसेको बैठकले महँगी, भ्रष्टाचारविरुद्ध सशक्त कार्यक्रम सञ्चालन गर्ने र यही चैत २६ गते रत्नपार्कमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिनुभयो ।

बैठकले राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्ट निलम्बन प्रकरणबाट राप्रपा नेपाल आफ्ना आधारभूत सिद्धान्त र विचारमा विचलित भएको तथा त्यसले जनताको अभिमतको अपमान गरेको ठहर गरेको छ ।

यसअघि दुवै पार्टीबीच एकताका लागि वार्ता समिति गठन भइसकेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts