Tuesday, May 10, 2016

पासाङह्लाम्मु मार्ग अवरुद्ध

धुन्चे ९रसुवा०, २८ वैशाख । आज साँझ परेको वर्षाका कारण पहिरो आउँदो पासाङह्लाम्मु मार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयको प्रमुख अवदेश विष्टका अनुसार वर्षासँगै आएको ठाडो खोलाको भलले नुवाकोट जिल्लाको गेर्खु गाविस क्षेत्रका तीन ठाउँमा सडक भत्काएपछि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि केरुङबाट आएका दर्जनौ कन्टेनरहरु सबै बाटैमा रोकिएका छन् भने सडक खुलाउन रसुवा र नुवाकोटका स्थानीय प्रशासनले पहल गरिरहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts