Thursday, May 26, 2016

संविधान कार्यान्वयन चुनौतीपूर्ण — नेता पौडेल

तनहुँ, १३ जेठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन तनहुँ शाखाले बिहीबार दमौलीमा आयोजना गरेको प्रेस युनियनको २५औँ वर्ष अर्थात् रजत वर्ष प्रवेश गरेको अवसरमा आयोजित ज्येष्ठ नागरिक सम्मान तथा फलफूल वितरण कार्यक्रममा नेता पौडेलले सो कुरा बोल्नुभएको हो ।

संविधान कार्यान्वयन गर्न कार्यतालिका नै बनाएर काम गर्नुपर्छ नेता पौडेलले भन्नुभयो – “जगबाटै संविधान लागू गर्न सकेमात्रै संविधानको औचित्य हुन सक्छ ।”

गाउँ विकास समितिलाई गाउँपालिकामा रुपान्तरण गर्दै नगरपालिकादेखि प्रदेशसम्मको स्थानीय चुनावपछि मात्रै राष्ट्रिय चुनाव गर्न सकिने उहाँको भनाइ थियो ।

संविधान नबनुन्जेल संविधानको चिन्ता थियो नेता पौडेलले भन्नुभयो – “अहिले त्यही संविधान कसरी लागू गर्ने भन्ने विषयमा समस्या खडा भएको छ ।”

व्यासनगरपालिका वडा नं ८ चापाघाटमा महिलाले सञ्चालन गरेको ज्येष्ठ नागरिक आश्रममा आश्रित १० जना ज्येष्ठ नागरिकलाई नेता पौडेलले दोसल्ला र फलफूलसमेत वितरण गर्नुभयो ।

प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष ओमकार आचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला अध्यक्ष वैकुण्ठ न्यौपाने, टे«ड युनियन काँग्रेसका सूर्यचन्द्र हडखले, नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका कार्यबाहक अध्यक्ष समुन्द्र पौडेल, प्रेस युनियन पश्चिमाञ्चल संयोजक प्रदीप काफ्ले, फोटो पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोरा मिया, क्रान्तिकारी पत्रकार सङ्घ तनहुँका अध्यक्ष एसवी नेपाली, प्रेस चौतारी तनहुँका अध्यक्ष नारायण खड्का, प्रेस सोसाइटीका केन्द्रीय सदस्य उज्ज्वल पौडेललगायतका वक्ताहरुले आ–आफ्ना धारणा व्यक्त गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts