Sunday, May 1, 2016

कामु प्रधानसेनापतिद्वारा शम्शेर दल गणको निरीक्षण

काठमाडौँ, १९ वैशाख । कामु प्रधानसेनापति रथी बलदेवराज महतले आज पूर्वी पृतना हेडक्वाटरअन्तर्गत ओखलढुङ्गास्थित शम्शेर दल गणको निरीक्षण भ्रमण गर्नुभयो ।

सो क्रममा सकल दर्जालाई सम्बोधन गर्दै उहाँले आफूलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट ढङ्गले पूरा गर्न राष्ट्र र जनताको सेवामा दत्तचित्त भई लाग्न निर्देशन दिनुभयो ।

भ्रमणकै क्रममा उहाँले सोलुखुम्बुमा अवस्थित इम्जा तालको समेत हवाई निरीक्षण गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts