Friday, May 27, 2016

समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा साकार पार्न दृढता र तीव्रताका साथ अघि बढ्नु पर्छ : प्रम

काठमाडौँ, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले २००७ सालदेखि नेपाली जनताले गरेको सङ्घर्षको परिणाम संविधानसभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको र यसले सबै नेपालीलाई समान अधिकार प्रदान गरेको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै उहाँले संविधानले नेपालमा बसोवास गर्ने समस्त आदिवासी, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक, मुसलमान, मधेसी, थारु, पिछडिएका वर्ग लगायत सम्पूर्ण नेपालीले आजसम्मको सङ्घर्षबाट प्राप्त गरेका अधिकार र अवसरको सुनिश्चितालाई संस्थागत गरेको र सबैको भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्वद्र्धनको बाटो फराकिलो गरेको बताउनुभएको छ ।

संविधानको कार्यान्वयनसँगै जारी लामो राजनीतिक सङ्क्रमण मूलतः अन्त्य भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब मुलुक आर्थिक÷सामाजिक विकासको दिशामा अघि बढेको बताउनुभएको छ ।
भूकम्पको महाविनाश, तनाब, आन्दोलन, बन्द र आपूर्ति व्यवस्थामा पैदा भएका सङ्कटलाई पार गर्दै अहिले मुलुक पुनःनिर्माणमा जुटेको बताउँदै उहाँले समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो आकाङ्क्षालाई साकार पार्न दृढता र तीव्रताका साथ अघि बढ्नु आवश्यक भएको सन्देशमा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts