काठमाडौँ, १ जेठ । दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आगामी बिहीबारदेखि नेपालमा हुँदैछ ।
नेपाल सितोरियो कराते डो सङ्घको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाली छ राष्ट्रले भाग लिनेछन् जसमा सवै राष्ट्रका गरी आठ सय २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपालबाट सर्वाधिक चार सय खेलाडीले भाग लिनेछन् । त्यस्तै भारतबाट तीन सय ५०, श्रीलङ्काबाट २५, बङ्गलादेशबाट २०, पाकिस्तानबाट १५ र भुटानबाट १० खेलाडी सहभागी हुने आयोजक सङ्घले जनाएको छ ।
स्थानीय लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने तीनदिने प्रतियोगिता अन्तर्गत कुमुतेमा २२ र कातामा चार गरी जम्मा २६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । पहिलो संस्करणको उपाधि नेपालले जितेको थियो । रासस
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment