Tuesday, May 10, 2016

बराह तालमा डुबेर महिलाको मृत्यु

म्याग्दी, २८ वैशाख । म्याग्दीको निस्कोटमा गाविसमा अवस्थित पर्यटकीय बराह तालमा डुबेर स्थानीय एक महिलाको ज्यान गएको छ ।

तालनजिकै स्नान गर्ने क्रममा चिप्लिएर तालमा डुबेकी निस्कोट–९ की ३० वर्षीया विष्णु कामीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो ।

दुई दिनदेखि हराइरहेको विष्णुलाई खोजी गर्ने क्रममा स्थानीयवासीले तालमाथि मृत अवस्थामा देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय दरबाङबाट गएको प्रहरीको टोलीले तालबाट शव निकालेर परीक्षणका लागि बेनी ल्याइएको प्रनाउ खड्काले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts