Tuesday, May 10, 2016

ट्रक र बस ठोक्कियो, २० यात्रु घाइते

नवलपरासी, २८ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा आज रोकिराखेको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा २० यात्रु घाइते भएका छन् । जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

गैँडाकोट–१० थुम्सी जङ्गलनजिकै बझाङबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १३३९ नम्बरको बस रोकिराखेको लु१ख ७७६८ नम्बरको ट्रकमा ठक्कर खाँदा सो दुर्घटना भएको गैँडाकोट प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १४ जनाको चितवन मेडिकल कलेज र ६ जनाको जिल्ला अस्पताल चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोट जनाएको छ । दुर्घटनामा संलग्न दुवै सवारीसाधन र चालक प्रहरीको नियन्त्रणमा छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts