Friday, May 6, 2016

समाजवाद उन्मुख बजेट आउँछ : मन्त्री खरेल

पोखरा, २४ वैशाख । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्नी खरेलले एमाले नेतृत्वको सरकारले जनपक्षीय बजेट ल्याउँछ भन्ने डरले प्रतिपक्षी पार्टी अत्तालिएर सरकार परिवर्तनको खेलमा लागेको आरोप लगाउनुभएको छ ।

नेकपा (एमाले) कास्कीले आज यहाँ आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री खरेलले एकीकृत नेकपा (माओवादी)सँग बिहीबार राति भएको नौबुँदे समझदारीले सरकार ढाल्न प्रतिपक्षले गरेको योजना अहिलेलाई विफल भएको र सङ्कट पनि टरेको बताउनु भयो ।

जेठ १५ गतेभित्र सरकारले ल्याउने बजेट समाजवाद उन्मुख, सबै वर्ग, समुदाय र सामाजिक न्यायप्रति समर्पित हुने धारणा राख्दै मन्त्री खरेलले एक दिनभरि राष्ट्रिय राजनीतिलाई नै तरङ्गीत बनाउने खेलले गठबन्धनमा रहेका सबै राजनीतिक दललाई चिन्तित बनाएको बताउनुभयो ।

हिमाल, पहाड र तराईलाई छुट्याएर कुनै हालतमा प्रदेश बन्न नसक्ने बताउँदै उहाँले वार्ता र संवादबाटै मधेसवादी दलका समस्या समाधान गर्न सरकार दृढ रहेको विचार व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) कास्कीका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रममा सचिव दामोदर वैरागीले स्वागत मन्तव्य राख्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts