Sunday, May 22, 2016

कान्तिपुर हिसान एडु फेयर सकियो

काठमाडौँ, ९ जेठ । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको शैक्षिक मेला ‘तेस्रो कान्तिपुर हिसान एडु फेयर’ आज सकिएको छ ।

नेपालमा सञ्चालित उच्च माध्यामिक विद्यालयको शिक्षाबारे एउटै छातामुनि जानकारी दिने उद्देश्यले आयोजित एडु फेयर दुई लाखले अवलोकन गरेको हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले जानकारी गराउनुभयो ।

उहाँले मेलाले विद्यार्थी र अभिभावकलाई उच्च शिक्षा अध्ययन गर्ने कुन विषयमा कस्तो कलेज छान्नुपर्दछ भन्ने जानकारी दिएको बताउनुभयो ।

एसएलसी र १२ कक्षाको परीक्षा दिएर बसेका विद्यार्थीले माथिल्लो तह अध्ययन गर्न कस्तो कलेज र कुन विषय अध्ययन गर्ने भन्ने जानकारी दिनका लागि फेयर आयोजना गरिएको थियो ।

उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान) र कान्तिपुर पब्लिकेशनको संयुक्त आयोजनामा गरिएको फेयरमा उच्च शिक्षा अध्यापन गराउने देशभरिका १०० शैक्षिक संस्थाका कक्ष राखिएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts