Monday, May 16, 2016

वाणिज्य मन्त्रालयको कार्यप्रगति ८४ प्रतिशत

काठमाडौँ, ३ जेठ । वाणिज्य मन्त्रालयले मन्त्रालय र अन्तर्गतका नियकाले गएको १०० दिनमा करिब ८४ प्रतिशत कार्यप्रगति हासिल गरेको जनाएको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा गत माघ २० देखि वैशाख २० सम्मको अवधिमा ४४ वटा योजनाका ८४ प्रतिशत कार्य प्रगति हासिल गरेको जानकारी दिइयो ।

मन्त्रालयका अनुसार यो अवधिमा नीति तथा रणनीति तर्जुमा र कार्यान्वनसम्बन्धी आठवटा शीर्षका कार्ययोजना, निर्यात प्रवद्र्धन, व्यापार मेला, वस्तु तथा सेवाको विकाससम्बन्धी नौवटा कार्यायोजना, द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय वार्ता तथा सम्झौतासम्बन्धी चारवटा कार्ययोजना, व्यापार सहजीकरण तथा सूचना प्रविधिको प्रयोगसम्बन्धी छवटा र व्यापारजन्य पूर्वाधार निर्माणसम्बन्धी आठ गरी ४४ योजनामा उल्लेख्य प्रगति गरेको छ ।

त्यसैगरी मन्त्रालयले आगामी ६० दिनभित्र गर्ने सम्पन्न गर्ने कार्ययोजनासमेत आजै सार्वजनिक गरेको छ । साठी दिनको अवधिमा अघिल्लो १०० दिनमा सम्पादन गरिँदै आएको नौवटा योजनासमेतलाई समावेश गरिएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जयन्त चन्दले विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने वस्तु तथा सेवाको उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव डइन्द्रप्रसाद उपाध्ययाले १०० दिनको प्रगति विवरण तथा आगामी ६० दिनभित्र सम्पादन गरिने कार्यप्रगतिबारे जानकारी दिँदै भन्नुभयो, “बढ्दो व्यापार घाटा नियन्त्रणका लागि निर्यातमा जोड दिनुपर्ने तथा क्षमता अभिवृद्धिका लागि सबै प्रयत्न केन्द्रित गर्नुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts