Monday, May 16, 2016

सबै माओवादी घटकलाई एकतामा आउन आग्रह

काठमाडौँ, ३ जेठ । माओवादी एकता अभियानले सबै माओवादी घटकलाई कुनै पनि सर्त नराखी एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

अभियानले आज एक विज्ञप्ति प्रकाशित गरी नागरिक स्तरबाट भएको आग्रह, अनुरोध तथा राष्ट्रिय आवश्यकतालाई ख्याल गर्दै एकता प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो ।

विभिन्न टुक्रामा विभक्त माओवादी आन्दोलनलाई एकताबद्ध बनाएर राष्ट्र, जनता, सहिद परिवार र बेपत्ता नागरिकको सपना साकार पार्न अभियानले आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ – ‘‘आशा र विश्वास छ, यसैबीचको उतारचढावबाट अनुभव लिई सैद्धान्तिक दर्शनअनुसार देश, जनता र नौलो परिवेशको नेतृत्व गर्न माओवादी सफल हुनेछ । साथै यस प्रक्रियामा छुट्न गएकाहरु पनि क्रमशः एकता प्रक्रियामा समाहित हुनुहुनेछ ।’’

यसरी आग्रह गर्नेमा प्रा डा गोपाल शिवाकोटी, शान्ता श्रेष्ठ, दीपेन्द्र रोकाया, बोर्णबहादुर कार्की, प्रा अमन श्रेष्ठ, रामचन्द्र हुमागाईँ, युवनाथ लम्साल, डा अष्टमान किसी महर्जन, राजेश वान्तवा र पद्मलाल विक हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts