Monday, May 16, 2016

‘मदन भण्डारी स्मृति गोल्डकप’को उपाधि आर्मीलाई

उर्लाबारी (मोरङ), ३ जेठ । नवयुग श्रेष्ठको दुई गोलको मद्दतमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पाँचौँ मदन भण्डारी स्मृति गोल्डकपको उपाधि जितेको छ ।

उर्लाबारीमा जारी प्रतियोगिता अन्तर्गत आज भएको अन्तिम खेलमा आयोजक मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको टोलीलाई २–१ गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो । आर्मीका जितमा २९ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर ४१ औँ मिनेटमा आयोजकका तर्फबाट सन्तोष न्यौपानेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

खेलको ६२ औँ मिनेटमा पुनः श्रेष्ठले नै अर्को एक गोल गर्दै आर्मीलाई उपाधि दिलाउन सफल भए । उपाधिसँगै आर्मीले रु दुई लाख दुई हजार तथा उपविजेतामा सीमित आयोजकले रु एक लाख एक हजारसहित ट्रफी र पदक प्राप्त गरेको छ । जननेता मदन भण्डारीका स्मृतिमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले गत वैशाख २७ गतेदेखि आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts