Saturday, May 14, 2016

सोनाक्षी र मलाइकाले टुँडिखेल तताए

काठमाडौँ, १ जेठ । भारतको चलचित्र नगरी बलिउडका दुई हस्ती चर्चित नायिका सोनाक्षी सिन्हा र ‘आइटम गर्ल’ मलाइका अरोराले मनोरन्जनात्मक कार्यक्रममार्फत आज यहाँको माहोल तताए ।

भूकम्पपीडितको सहयोगार्थ आज साँझ टुँडिखेलमा आयोजित कार्यक्रममा बलिउडका विभिन्न चर्चित गीतमा नृत्य प्रस्तुत गरेर उनीहरुले नेपाली दर्शकको मन जिते ।

उनीहरु ‘साडी का फाल्सा म्याच किया रे’, ‘गन्धी बात’, ‘मुन्नी बदनाम हुई’, ‘अनारकली डिस्को चली’ लगायत गीतमा नाचेका थिए ।

सैनिक श्रीमती सङ्घको आयोजनामा ‘अमरपन्छी’ नाम दिइएको उक्त भव्य कार्यक्रममा नेपाली नायिकाहरु, रेखा थापा, प्रियङ्का कार्की, निशा अधिकारी, ऋचा शर्मालगायतले नृत्य गरेका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts