Saturday, May 28, 2016

ट्रेड युनियन अधिकारप्रति काँग्रेस सकारात्मक : महामन्त्री डा कोइराला

काठमाडौँ, १५ जेठ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ट्रेड युनियन अधिकारप्रति काँग्रेस सकारात्मक रहेको बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन काठमाडौँ जिल्ला परिषद्ले शुक्रबार यहाँ आयोजना गरेको तेस्रो जिल्ला परिषद् एवम् सम्मान कार्यक्रममा बोल्दै डा कोइरालाले काँग्रेसले ट्रेड युनियनको अधिकारलाई सधँै सम्मान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “म र काँग्रेसले सधँै श्रमिकको सम्मान गर्दछ ।”

डा कोइरालाले अहिलेको संविधानले श्रमिकको हक अधिकारलाई सुनिश्चित गरेको स्पष्ट पार्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष खिलानाथ दाहालले ट्रेड युनियनको क्षेत्रमा अरु राजनीति दलले भन्दा काँग्रेसले धेरै काम गरेको भन्दै आगामी दिनमा पनि यस्ता कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ जिल्लाका अध्यक्ष गणेश भट्टराईले मजदुरका धेरै पीडा भएकाले उहाँहरुको समस्या समाधान गर्न काँग्रेस प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

ट्रेड युनियन नेपाल आयाल नियमका अध्यक्ष प्रदीपमान बसी, नेपाल ट्रेड युनियन नुवाकोटका अध्यक्ष शिव देवकोटा, नेपाल सार्वजनिक संस्था कर्मचारी सङ्घका अध्यक्ष जनार्जन भट्टराईलगायतले नेपाल ट्रेड युनियनको स्थापनामा गिरीजाप्रसाद कोइरालाले खेलेको योगदानको चर्चा गर्दै पार्टीले ट्रेड युनियनलाई विशेष रुपमा हेर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल यातायात मजदुर सङ्घ, नेपाल कृषि श्रमिक सङ्घ, नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक सङ्घ, कान्तिपुर पब्लिकेसन प्रालि कर्मचारी सङ्घ प्रतिष्ठान, नेपाल भन्सार तथा सम्बद्ध श्रमिक सङ्घ, नेपाल इम्बोइडरी ह्यान्डीक्राप्ट तथा सिलाइबुनाइ श्रमिक सङ्घ, नेपाल नाई सङ्घ, नेपाल कारखाना श्रमिक सङ्घलाई सम्मान गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts