काठमाडौ, ३१ बैशाख । राष्ट्रिय मानव अधिकार आयोगले विभिन्न साना राजनीतिक दलहरु आबद्ध संघीय गठबन्धनले गर्ने आन्दोलनको अनुगमन गर्ने भएको छ ।
आयोगका प्रवक्ता मोहना अन्सारीले शुक्रबार विज्ञप्ति जारी गर्दै मानवअधिकारकर्मीहरुले आन्दोलनको क्रममा हुने राज्य र आन्दोलनकारी दुवै पक्षका गतिविधिहरुलाई मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गर्ने उल्लेख गर्नु भयो ।
आयोगले आज अनुगमन गर्ने बिषयमा मानवअधिकारसँग सम्बन्धित संस्थाहरुसँग छलफल गरेको थियो ।
आयोगले आन्दोलनका बेला मानव अधिकारवादी संघसंस्थाहरुबाट अनुगमनकर्ताहरु खटाई नजिकबाट अनुगमन गर्न आग्रह समेत गरेको अन्सारीद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा अन्सारीले आफ्नो राजनीतिक अधिकारको लागि गरिने कुनै पनि आन्दोलन अहिंसात्मक र शान्तिपूर्ण बनाउन आन्दोलनरत दलहरुलाई आग्रह गर्नु भएको छ ।
‘‘संघीय गठबन्धनले आयोजना गर्ने आन्दोलनका कार्यक्रमहरुमा प्रचलित मान्यता विपरीत अवरोध नपु¥याउन तथा आन्दोलनलाई अहिंसात्मक र शान्तिपूर्ण बनाउन आयोग सरकार र आन्दोलनकारी दुवै पक्षको ध्यानाकर्षण गराउँछ’’उहाँले विज्ञप्तिमा भन्नु भएको छ ।
यसैगरि आयोगले आज संघीय गठबन्धनले गर्ने आन्दोलनका बारेमा पनि आजै स्थानीय प्रशासन, नेपाल प्रहरी, आन्दोलनकारी र मानवअधिकारकर्मीहरुसँग छुट्टाछुट्टै छलफल गरेको अन्सारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
छलफलमा आन्दोलनकारीहरुले आफुहरुले गर्ने आन्दोलन शान्तिपूर्ण हुने र सुरक्षाकर्मीले आन्दोलनको क्रममा अनावश्यक बलको प्रयोग नगर्ने आयोग समक्ष प्रतिबद्धता व्यक्त गरेका अन्सारीले विज्ञप्तिमा जनाउनु भएको छ । रासस
Friday, May 13, 2016
आयोगले आन्दोलनको अनुगमन गर्ने
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment