वीरेन्द्रनगर, १९ वैशाख । गृहमन्त्री शक्ति बस्नेतले संविधान जारी गर्न प्रमुख दल एक भए जस्तै संविधान कार्यान्वयन गर्न पनि प्रमुख दल एक हुनुपर्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ, सुर्खेतले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री बस्नेतले कुनै दल सरकारमा र कुनै दल प्रतिपक्षमा बस्दा लोकतन्त्र कमजोर हुने भएकाले लोकतन्त्र बलियो बनाउनका लागि पनि प्रमुख दल एकै ठाउँमा आउनुपर्ने बताउनुभयो ।
सरकार ढाल्ने विषयकाबारेमा बोल्दै उहाँले नेतृत्वभन्दा पनि सहमतीय सरकारका लागि एनेकपा (माओवादी) सदैव तयार रहेको धारणा राख्नुभयो । सरकार नागरिकको जीउधनको सुरक्षाका लागि कटिबद्ध रहेको दाबी गर्दै गृहमन्त्री बस्नेतले सुरक्षा अवस्था चुस्तदुरुस्त पार्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।
मधेस आन्दोलनकाबारेमा बोल्दै उहाँले मधेसवादी दलको धेरै माग पूरा भइसकेको हुँदा उनीहरुले मागे भन्दैमा शतप्रतिशत माग पूरा नहुने उल्लेख गर्नुभयो । मधेसवादी दलले माग पूरा गराउन भनी गर्ने भनिएको निर्णायक आन्दोलनको अब कुनै औचित्य नभएको जिकिर गर्नुभयो । मधेसमा अझै पनि केही समस्या रहेकाले त्यसको समाधान भने आन्दोलनबाट नभई वार्ता र छलफलबाट मात्रै सम्भव भएको पनि उहाँको भनाइ थियो । रासस
––––––––
No comments:
Post a Comment