Wednesday, May 25, 2016

तत्काल सरकार परिवर्तन सबैका लागि घातक : काँग्रेसकी नेत्री कोइराला

भक्तपुर, १२ जेठ । नेपाली काँग्रेसकी नेत्री एवम् केन्द्रीय सदस्य सुजाता कोइरालाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक सावित हुने बताउनुभएको छ ।

रफत् सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले तत्काल सरकार परिवर्तन गरिए विकासको बाटा बन्द हुने भएकाले तत्काल सरकार परिवर्तन सबैका लागि घातक हुने बताउनुभएको हो ।

नेत्री कोइरालाले वर्तमान सरकारले ल्याएको आर्थिक एवम् सामाजिक विकासको योजना नेपाल र नेपालीको हितमा भएकाले यसलाई काँग्रेसले समेत सहमति जनाउने बताउनुभयो ।

स्थानीय निकायको निर्वाचन गर्ने मिति सरकारले तोके पनि वास्तवमै एमालेले स्थानीय निकायको निर्वाचन भने गर्न नचाहेको उहाँले दाबी गर्नुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग कुनै छलफल नै नगरी स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्नुले घोषित मितिमा निर्वाचन नहुने स्पष्ट भएको बताउँदै कोइरालाले भन्नुभयो˗ “स्थानीय निकायको निर्वाचनको मिति तोक्दैमा निर्वाचन हुन्छ भन्ने छैन, एमालेले पनि स्थानीय निकायको निर्वाचन चाहेको छैन, चाहेको भए मिति घोषणा गर्नुअघि काँग्रेससँग छलफल गथ्र्यो ।”

स्थानीय निकायको निर्वाचन हुन नसक्दा जताततै भ्रष्टाचार बढेको बताउँदै उहाँले स्थानीय निकायको निर्वाचन अति आवश्यक भएको औँल्याउनुभयो ।

उहाँले सरकारले पुनःनिर्माणको कामलाई तीव्रता दिन नेपाली सेनालगायत अन्य युवा दस्तालाई स्वयम्सेवकका रुपमा परिचालन गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले मधेस आन्दोलनका जायज मागको सम्बोधन गरेर आर्थिक र सामाजिक विकासमा सबै मिलेर यसतर्फ लाग्दै तराईलाई समेत आर्थिक बाटोतर्फ अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । हिन्दू राज्यका विषयमा नेपाली काँग्रेसभित्र विभिन्न भनाइ बाहिर आए तापनि त्यो गलत हल्ला भएको उहाँले टिप्पणी गर्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts