Friday, May 6, 2016

रुपक स्मृति पुरस्कार पाँच जनालाई

काठमाडौँ, २४ वैशाख । रुपक स्मृति प्रतिष्ठानले नेपाली फुटबलमा योगदान पु¥याएका पाँच जनालाई रुपक स्मृति फुटबल पुरस्कार–२०७२ द्वारा आज सम्मानित गरेको छ ।

दुई खेलाडी, एक÷एक प्रशिक्षक, रेफ्री र सहायक रेफ्रीलाई ललितपुरस्थित एन्फा कम्प्लेक्स्मा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, एन्फाका कावा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले सम्मान तथा पुरस्कार वितरण गर्नुभयो ।

पुरस्कार पाउनेमा पूर्व राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ, महिला टोलीका कप्तान अनु लामा, राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक विराटकृष्ण श्रेष्ठ, फिफा महिला रेफ्री विना श्रेष्ठ र सहायक रेफ्री शैलेश जोशी छन् । उनीहरुले जनही रु एक लाख र एक÷एक थान यामाहा मोटरसाइकल प्राप्त गर्नु भयो ।

पुरस्कार राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा पहिलो नेपाली फिफा रेफ्री स्व रुपकराज शर्माको स्मृतिमा विसं २०५३ देखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको छ । प्रहरी सेवामा समेत आबद्व शर्माको २०४९ मा पाकिस्तानबाट स्वदेश फर्कने क्रममा विमान दुर्घटनामा निधन भएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री रायमाझीले खेलकुद क्षेत्रमा राजनीति गर्न नहुने धारणा राख्नुभयो । खेल क्षेत्रमा छुट्याएको बजेट ज्यादै न्यून हुने गरेकाले यस क्षेत्रले सोचेजस्तो सफलता पाउन नसकेको बताउँदै उहाँले भन्नुभयो, “अब खेलका लागि ठूलो बजेट छुट्याउनु पर्छ, ता कि यसले जनस्तर र स्थानीयस्तरमा विकसित हुने मौका पाओस् ।”

कावा अध्यक्ष श्रेष्ठले स्व शर्माबाट सधैँभरि प्रेरणा लिन पुरस्कार स्थापना गरिएको बताउनुभयो ।

शर्माकी धर्मपत्नी तथा प्रतिष्ठानकी अध्यक्ष नीता शर्माले उहाँ जीवित भएको भए अहिले नेपाली फुटबलले थप उचाइ लिइसकेको हुन्थ्यो भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts