Sunday, May 29, 2016

फाजुलामा आइएस विरुद्धको कारबाहीमा सफलता

बग्दाद १६ जेठ । इराकी सरकारी बलले फलुजा सहरबाट इस्लामिक स्टेट लडाकू समूहलाई सो सहरबाट हटाउने अभियानमा प्रगती हासिल गरेका छन् ।

सिरियाको छिमेकमा पर्ने यस इलाकामा आइएसको कब्जाबाट हटाउने सुरक्षाबलको यस प्रयासको क्रममा सर्वसधारण नागरिक फसेका जनाइएको छ ।

फजुला सहरमा करिब ५० हजार सर्वसाधारण नागरिक फर्सेका बताइएको छ । आइएस लडाकू समूहले आफ्नो नियन्त्रणमा लिएको फलुजानजिकैको सहर अल गमामा सेनाले नियन्त्रणमा लिएको जनाइएको छ ।

इराकको राजधानी बग्दादबाट ४५ किलोमिटर पश्चिमा रहेको फलुजा सहरमा ठूलो सङ्ख्यामा सैनिक परिचालन गरिएको सरकारी बलले जानकारी दिएको छ ।

यसैबीच आइएस लडाकू समूहले फजुला सहरको उत्तरी भागमा गरेको कारबम आक्रमणमा कम्तीमा ६ सैनिकले ज्यान गुकमाउनुको साथै अन्य केही भने घाइते भएका छन् । रासस ÷एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts