Saturday, May 14, 2016

समस्या समाधान गर्ने जिम्मेवारी काँग्रेसको काँधमा : महामन्त्री कोइराला

भक्तपुर, १ जेठ । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले मुलुकको समस्या समाधान गर्ने जिम्मेवारी ठूलो दलको नाताले काँग्रेसको काँधमा आएको बताउनुभएको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर १ भक्तपुरले आज यहाँ आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा उहाँले सबैभन्दा ठूलो दलको नाताले मुलुकमा देखिएका असहमतिबीचमा सहमति जुटाउने जिम्मेवारी काँगे्रसको काँधमा आएको बताउनुभयो ।

काँग्रेस अस्थिरताको राजनीति गरेर देशलाई बर्बादीतर्फ लैजाने पक्षमा नरहेको बताउँदै संविधान कार्यान्वयन र मधेस समस्या समाधान गर्न काँगे्रसले राष्ट्रिय सहमति जुटाएर देशमा रहेको गतिरोधलाई निकास दिन लागिपरेको उहाँको भनाइ थियो ।

महामन्त्री कोइरालाले काँग्रेसलाई शुद्घीकरण गर्दै भ्रष्टाचारमुक्त र बलियो बनाउनुपर्नेमा जोड दिँदै उहाँले पार्टीलाई सङ्ख्यात्मकभन्दा गुणात्मक किसिमले बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ, विश्वप्रकाश शर्मा, भक्तपुर जिल्ला अध्यक्ष दुर्लभ थापालगायतले संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेसले संविधानको कार्यान्वयनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । रासस
––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts