Wednesday, May 25, 2016

प्रहरीद्वारा सङ्गीतकार गुरुङलाई रु पाँचलाख नगदसहित सम्मान

काठमाडौँ, १२ जेठ । नेपाल प्रहरीद्वारा साङ्गीतिक आकासका उज्ज्वल नक्षत्र सङ्गीतकार अम्बर गुरुङलाई सम्मान गरेको छ ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल आज उहाँकै निवास बूढानीलकण्ठ पुगेर नगद रु पाँच लाखसहित सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले नेपाली साङ्गीतिक क्षेत्रमा गुरुङले पु¥याएको योगदानको कुनै रकमसँग तुलना गर्न नहुने बताउँदै उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो । उहाँले भन्नुभयो, “गुरुङको परिवारलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोग गर्न नेपाल प्रहरी तयार छ ।”

नेपाल प्रहरीको जेठ ५ गते बसेको बैठकले सङ्गीतकार गुरुङलाई सम्मान गर्ने निर्णय गरेअनुसार सम्मान गरिएको थियो ।

लामो समयदेखि आप्mनो निरन्तर साधनाको माध्यमबाट नेपाली सङ्गीतको क्षेत्रमा विशेष योगदान दिई विभिन्न गीतिनाटक तथा कालजयी गीतलाई सङ्गीतले सिंगार्नु भएका गुरुङले नेपालको राष्ट्रिय धुन सिर्जना गरी नेपाली राष्ट्रियतालाई उचाइमा पु¥याउने दिशामा अतुलनीय योगदान पु¥यानुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts