Sunday, May 29, 2016

वृद्धआश्रममा आगलागी सत्रको मृत्यु

किभ, १६ जेठ । युक्रेनको राजधानी किभको बाहिरी इलाकामा रहेको एक वृद्धआश्रममा आइतबार बिहान सवेरै भएको आगलागीमा परी १७ व्यक्तिको मृत्यु भएको छ ।

सो आगलागी भएको स्थानबाट १७ व्यक्तिको शव निकालिएको युक्रेनको राज्य सङ्कटकालीन सेवाका प्रमु्ख माइकोला चेचेत्कीनले जानकारी दिनु भएको छ ।

राजधानी किभबाट ५० किलोमिटर उत्तरमा रहेको लिटोच्की गाउँमा अस्थायी दुई तले सो वृद्धआश्रमका आगलागी भएको जनाइएको छ ।

आइतबार बिहान सबेरै भएको यस आगलागीको समयमा सो आश्रममा ३५ व्यक्ति बसोवास गर्दै आएका र ती मध्ये १८ जनाभने उद्धार गरिएको जनाइएको छ ।

उद्धार गरिएका ती व्यक्तिहरुमा पाँच जनाभने उपचारार्थ अस्पताल लगिएको बताइएको छ । युक्रेनमा बर्षेनी यस्तै घटनामा सयौं व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।

आगलागीको कारण अनुसन्धानरत रहेको बताइएको छ । रासस÷एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts