Saturday, May 28, 2016

डोटीमा मोतियाबिन्दुका बिरामी बढे

डोटी, १६ जेठ । डोटीमा ७० प्रतिशतभन्दा बढी मोतियाबिन्दुका बिरामी रहेको पाइएको छ ।

गेटा आँखा अस्पताल, कैलालीको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय डोटीको सहयोगमा भएको निःशुल्क आँखा शिविरमा जटिलखालको मोतियाबिन्दु भएका बिरामीको आँखाको शल्यक्रिया गरिएको आँखा रोग विशेषज्ञ डा अर्जुन श्रेष्ठले बताउनुभयो ।

जिल्लाको लाटामाण्डौ गाविसको गोपघाटमा भएको आँखा शिविरमा ५५० जनाले सेवा लिएका थिए । जसमा ९३ जनाले सल्यक्रिया गरेका छन् । त्यसैगरी दुर्गामाण्डौ गाविसको वायलमा ४०० जनाले आँखा जँचाएकामा ६९ जनाले सल्यक्रिया गरेका छन् । चवराचौतारामा ३८८ जनाले आँखा जँचाएकामा ४७ जनाले सल्यक्रिया गरेको क्याम्प इन्चार्ज मेघराज भट्टले बताउनुभयो ।

त्यसैगरी गत शुक्रबारदेखि जिल्ला अस्पताल डोटीमा भएको शिविरमा ४९२ जनाले आँखा जाँच गराएका छन् । जसमा १६० जनाको सल्यक्रिया भएको छ । डोटीका तीन गाविस र नगरपालिकामा गरेको आँखा शिविरमा डोटीमा मोतियाबिन्दुको प्रकोप बढेको पाइएको छ । यस्तै तवरले आँखाका बिरामी बढ्दै गएमा समस्या निम्तने शिविरमा संलग्न चिकित्सकले बताएका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts