काठमाडौँ, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जान इलिएसनबीच आज भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सदियौँदेखि रहँदै आएको सुमधुर सम्बन्ध एवम् आपसी हित र सहयोगका बारेमा छलफल भएको राष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“उपमहासचिव जान इलिशन जान इलिएसनले नेपालमा भूकम्प प्रभावित केही क्षेत्रको भ्रमण गर्नुभएको र भूकम्पपछिको मानवीय सहायतामा युवाको सहभागितामा प्रशन्नता व्यक्त गर्नुभयो”– विज्ञप्ति भनिएको छ ।
भेटमा प्रकृति र समाज एकअर्कासँग अभिन्न रहेकाले ती दुवैको पारस्परिक सहयोग र समन्वयले मात्र विकास लक्ष्य हासिल गर्न सघाउ पु¥याउने भन्ने विषयमा समेत कुराकानी भएको थियो ।
उक्त भेटवार्ताका अवसरमा संयुक्त राष्ट्र सङ्घ बैंककका प्रतिनिधि, नेपालस्थित प्रतिनिधि र राष्ट्रसङ्घका अन्य कर्मचारी एवम् नेपाल सरकारका उच्च पदाधिकारीको उपस्थिति रहेको थियो । रासस
No comments:
Post a Comment