Sunday, May 22, 2016

नेपालीद्वारा अमेरिकामा पत्रिका प्रकाशन

अमेरिका (क्यालिफोर्निया), ९ जेठ । पश्चिम अमेरिकामा रहेका नेपाली समुदायले पहिलो अङ्ग्रेजी पत्रिका ‘दि हिमालयन भ्वाइस’ प्रकाशनमा ल्याएका छन् । शनिबार आर्टेसिया सहरका मेयर भिक्टर मेन्लोले एक समारोहका बीच सो पत्रिकाको शुभारम्भ गर्नुभयो ।

मेयर मेन्लोले नेपाली समुदायलाई अमेरिकामा सामाजिकीकरण गर्नका लागि यस्ता प्रकारका प्रकाशनले धेरै सहयोग पु¥याउने बताउँदै यसको निरन्तरताका लागि शुभकामना प्रदान गर्नुभएको थियो ।

अमेरिकामा नेपाली भाषामा पत्रिका प्रकाशन भइरहेको भए तापनि अङ्ग्रेजी भाषामा प्रकाशन भएको यो पहिलो पत्रिका भएको प्रधान सम्पादक पुरुषोत्तम ढकालले बताउनु भयो ।

पत्रिकाको सम्पादक मण्डलमा योगेश उपाध्याय, राजेश मिश्र, रामेश्वर भण्डारी, सुदीप पन्त, डेभिड स्वान्सन र किशोर पन्थी हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts