Thursday, May 12, 2016

न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै सञ्चारमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ, ३० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट सञ्चारकर्मीको संस्था मिडिया नेपालले न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई आज ध्यानाकर्षण गराएको छ ।

मिडिया नेपालको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित मन्त्रीको कार्यकक्षमा पुगेर हालै सरकारले निर्णय गरेको सञ्चारकर्मीको न्यूनतम पारिश्रमिक रु १९ हजार ५०० कार्यान्वयनको कडाइपूर्वक अनुगमन गर्नका लागि माग ग¥यो ।
तोकिएको न्यूनतम पारिश्रमिकको विरोधमा रहेका मिडिया सञ्चालकको दबाबमा नपरी सरकारको निर्णयमा अडिग रहन आग्रह गरिएको मिडिया नेपालका केन्द्रीय सदस्य राधिका जोशीले जानकारी दिनुभयो । उक्त भेटमा सञ्चारगृहमा कार्यरत प्राविधिक तथा कर्मचारीलाई समेत प्रेस पास उपलब्ध गराउन माग गरिएको थियो ।

सो अवसरमा मन्त्री राईले न्यूनतम पारिश्रमिक लागू गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै यसका लागि पत्रकार सम्बद्ध सङ्घसंस्थाको निरन्तर दबाब आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले मिडिया सञ्चालकले उठाउँदै आएका मागको समेत सम्बोधन गरी न्यूनतम पारिश्रमिक लागू गरिने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts