काठमाडौँ, २८ वैशाख । देशमा सबै जनतालाई राजनीतिक, आर्थिक, सामाजिक अधिकार पु¥याउन सङ्घीय व्यवस्था उपयोगी हुने बताइएको छ।
युवा सङ्घ नेपालले २६ औँ स्थापना दिवसका सन्दर्भमा आज आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले जनताले स्वशासनको अनुभूति हुने गरी सङ्घीय संरचनाको विकास गर्न सुझाएका हुन् ।
नेकपा ९एमाले०का पोलिटब्यूरो सदस्य परशुराम मेघी गुरुङले ‘नेपालको सङ्घीय प्रणाली कार्यान्वयनका चुनौतीहरु’ विषयक कार्यपत्र प्रस्तुत गर्दै सङ्घीयताको विषय संविधानमा महत्वपूर्ण पक्ष भएको र संविधान कार्यान्वयन नै चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । उहाँले नेपाली समाजको विविधतालाई जोड्ने वा विविधतामा एकता निर्माण गर्ने रसायनका रुपमा सङ्घीय प्रणालीलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त कार्यपत्रमाथि टिप्पणी गर्दै सांसद बद्री पाण्डे, गरिमा शाह र गोपाल गिरीले सङ्घीय प्रणाली कार्यान्वयनका लागि प्रमुख तीन दलको बलियो राजनीतिक प्रतिबद्धताको खाँचो औँल्याउँदै सह–अस्तित्वमा आधारित सङ्घीय संस्कृतिको अवलम्बन गर्नुपर्ने बताउनुभयो ।
युवा सङ्घका उपाध्यक्ष दिलु पन्तले गरिब तथा निमुखा वर्ग समुदायलाई सामाजिक रुपान्तरण गरी अन्य अधिकार उपभोग गराउन सक्ने वातावरण सङ्घीय प्रणालीले प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
युवा सङ्घका अध्यक्ष राजीव पहारीले सङ्घीयताको सफल कार्यान्वयन गर्न सकिएमा सङ्घीय इकाई, तहगत सरकार प्रान्तबीच हुने प्रतिस्पर्धाले मुलुकमा चाँडो विकास हुने विश्वास व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment