Saturday, May 7, 2016

स्थापना दिवसका लागि विभिन्न समिति

काठमाडौँ, २५ वैशाख । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालको २६ औँ स्थापना दिवसका लागि विभिन्न समिति गठन गरिएको छ ।

आगामी जेठ १ गते राष्ट्रिय सभागृहमा हुने उक्त कार्यक्रमका लागि मूल समारोह व्यवस्थापन समितिमा सङ्घका महासचिव किरण पौडेल, सामाजिक, सांस्कृतिक तथा स्वास्थ्य परिचालन समितिका संयोजक राजेश साह, जनपरिचालन समितिमा वचनबहादुर सिंह र सूचना तथा प्रचारप्रसार समितिमा प्रभात विक्रम कट्ुवाल हुनुहुन्छ ।

सङ्घद्वारा विभिन्न सास्कृतिक झाँकिसहितको ¥याली, निःशुल्क स्वास्थ्य शिविर, समाजमा युवामैत्री वातावरण निर्माण गर्न विभिन्न वुद्धिजीवीसँग छलफल, विभिन्न स्थानमा सरसफाइ तथा वृद्धवृद्धालाई फलफूल वितरणलगायत सामाजिक कार्य गरिने भएको छ ।

स्थापना दिवसलाई भब्य र व्यवस्थित गर्न ती समितिले सरोकारवालासँग समन्वय र छलफल गरी आवश्यक कार्यक्रम अगाडि बढाउने प्रचारप्रसार समितिका संयोजक कट्ुवालले जानकारी दिनुभयो । उक्त सङ्घको संस्थापक अध्यक्ष वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts