Sunday, May 29, 2016

सदनमा कांग्रेस पूर्वअर्थमन्त्रीले बजेटबारे धारणा राख्ने

काठमाडौँ, १६ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले शनिबार प्रस्तुत गरेको आगामी आवको बजेट वक्तव्यका सम्बन्धमा पार्टीका तर्फबाट प्रभावकारी रुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिएको छ ।

पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले सोमबार बस्ने सदनको बैठकमा पूर्वअर्थमन्त्री डा रामशरण महतले पार्टीको तर्फबाट धारणा राख्ने निर्णय गरेको छ ।

बजेट वितरणमुखी भन्दै आलोचना गरेको प्रतिपक्षी दल काँग्रेसले पालैपालो पूर्वअर्थमन्त्रीलाई बजेटको नकारात्मक पाटोका बारेमा धारणा राख्ने गरी निर्देशन दिएको सांसद रमेश लेखकले जानकारी दिनुभयो ।

उहाँकाअनुसार सोमबार पूर्वअर्थमन्त्री डा रामशरण महत, मङ्गलबार पूर्वअर्थमन्त्री महेश आचार्य र नेता डा प्रकाशशरण महतलाई विशेष समय लिएर बोल्न निर्देश गरिएको छ । बैठकमा सांसदहरुले बजेटका विभिन्न पाटोमाथि टिप्पणी गर्नुभएको थियो । आम जनतालाई केही फाइदा नहुने, कार्यान्वयन हुँदै नहुने बजेट ल्याइएको भन्दै काँग्रेस सांसदले आपत्ति जनाउनुभएको थियो ।

उहाँहरुले सरकारले बजेटमा एकलौटी गरेको भन्दै प्रतिवाद गर्नुपर्ने धारणा राख्नुभएको थियो । आज बिहान बसेको काँग्रेस संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट यथार्थको नजिक नभएको भन्दै आलोचना गरेको थियो । सांसद विमलेन्द्र निधिलगायतले बजेट निर्वाचन केन्द्रित भएको भन्दै विरोध गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts