Saturday, May 7, 2016

एकताबद्ध भएमा समृद्धि हासिल हुन्छ : सचिव विष्ट

काठमाडौँ, २५ वैशाख । एकताका नेपालजस्तै आर्थिक रुपले विपन्न मुलुक दक्षिण कोरियाले मुलुकमा आर्थिक समृद्धिको अभियान थालेको ४० वर्षमा पूर्वाधारको विकास हुुनुका साथै अहिले त्यो मुलुक आर्थिक समृद्धिको बाटोमा लम्किरहेको छ ।

नेपाल लोकतान्त्रिक किरात राई सङ्घको दोस्रो राष्ट्रिय अधिवेशनमा नेकपा(एमाले)का सचिव गोकर्ण विष्टले सो धारणा व्यक्त गर्दै भन्नुभयो, “सम्पूर्ण नेपालीको एकताबद्ध प्रयास तथा कठोर परिश्रमबाट नेपालले पनि आर्थिक समृद्धि हासिल गर्न सक्छ ।”

उहाँका अनुसार बाटोघाटो, सडक, पूल तथा ठूल्ठूला भवन एवम् औद्योगिक विकास भए पनि दक्षिण कोरियाका नागरिकमा सन्तुष्टि छैन्, र त्यसकारण त्यहाँको सरकारले जनचाहना खोजी मन्त्रालय स्थापना गरी जनताले के चाहेको छ त्यो खोजी गर्ने कार्यलाई अभियानको रुपमा अगाडि बढाइएको छ ।

चीनमा माओत्से तुङको नेतृत्वमा भएको राजनीतिक परिवर्तनले देशलाई विकास गरेको, सिङ्गापुरले थोरै समयमा नै मुलुकलाई विकसित राष्ट्रको दाँजोमा पु¥याएको उदाहरण प्रस्तुत गर्दै नेपाली युवा अहिले बेलायत, जापान, युरोप तथा अमेरिकातर्फ आकर्षित भएको भन्दै उहाँले नेपाली जनताले एकताबद्ध भई देशको आर्थिक विकास गरी नेपाललाई पनि ती विदेशी मुलुकका युवाको आकर्षणको केन्द्र बनाउनुपर्नेमा जोडदिनुभयो ।

विष्टको भनाइ थियो–कुनै जातजाति तथा संस्कृतिलाई थिचोमिचो गरेर होइन सम्मान गर्ने कार्यबाट नै देशलाई एकतामा गोलबन्द गर्ने सक्ने र देशलाई आर्थिकरुपमा परिवर्तन गर्न सकिन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts