धनगढी, ११ जेठ । सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले कैलाली कारागारमा गरेको आक्रमणका क्रममा कारागारबाट फरार भएका एकजना कैदीलाई लालबोझी क्षेत्रबाट आज पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले लालबोझी गाविसकै रतन साउँदको हत्या घटनमा दोषी ठहर भई जिल्ला अदालतबाट २० वर्ष कैद सजाय तोकिएका पदम साउँदलाई पक्राउ गरिएको जनाएको छ ।
विसं २०६१ माघ २७ गते राति भएको आक्रमणका क्रममा कारागारबाट फरार साउदलाई लालबोझी क्षेत्रमा लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले फरार भएको ११ वर्षपछि पक्राउ गरेको हो । उनलाई कैलाली कारागारमा बुझाइएको छ । रासस
No comments:
Post a Comment