Monday, June 20, 2016

‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१६ नेपाल’को नतिजा प्रकाशन

काठमाडौँ, ६ असार । गत जेठ २९ गते सञ्चालन गरिएको ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१६ नेपाल’ मा ३९ विद्यार्थी छनौट भएका छन् ।

नेपाल एस्टोनोमिकल सोसाइटीका अनुसार ५५ वा सो भन्दा बढी अङ्क ल्याई छनौट भएका ती विद्यार्थी बन्द शिबिरमा सहभागी हुन सक्नेछन् । बन्द शिबिरबाट पाँचजना विद्यार्थी ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी २०१६ नेपाल’ मा विजेता घोषित गरिनेछ । साथै, यस वर्ष विश्वमा सञ्चालन हुने विभिन्न कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

‘राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड नेपाल’ एक शैक्षिक कार्यक्रम हो जसमा नेपालमा वा विदेशमा रहेका कक्षा १२ सम्म अध्ययनरत वा विश्वविद्यालय कार्यक्रममा भर्ना नभएका २० वर्षभन्दा मुनिका नेपाली नागरिकले सहभागिताको लागि आवेदन दर्ता गर्न सक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी निुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts