Thursday, June 2, 2016

विकास पत्रकारिता आवश्यक : अध्यक्ष कार्की

धनगढी, २१ जेठ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले विकास पत्रकारिता अबको आबश्यकता भएको बताउनुभएको छ ।

‘पब्लिक मिडिया फाउन्डेसन’को यहाँ स्थापना गरिएको कार्यालयको बिहीबार उद्घाटन गर्दै कार्कीले देशमा राजनीतिक ‘एजेन्डा’ले बाटो लिइसकेकाले विकास पत्रकारिता अपरिहार्य भइसकेको उल्लेख गर्नुभयो ।

देशको विकास कसरी गर्न सकिन्छ भनेर अब सञ्चारमाध्यमले जनतालाई सूचनामार्फत सशक्तीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मोफसलका सञ्चारमाध्यमले भोगेका समस्या समाधानका लागि काउन्सिलले सम्बन्धित निकायसँग आग्रह गरेको समेत कार्कीले बताउनुभयो ।

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँ लगायतले पत्रकारिताको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

पत्रकार पहल साउद र हरिश बिक लगायतको पहलमा हालै स्थापना गरिएको उक्त फाउन्डेसनले टेलिभिजन, एफएम रेडियो, अनलाइन सेवा, संवाद लगायतका कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts